राष्ट्रपति पुटिन र प्रधानमन्त्री खानबीच टेलिफोन वार्ता

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । उनीहरूबीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखे, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो, उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउनु हुन्छ।’
दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । ‘हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाबारे पनि छलफल गर्यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौं,’ उनले भने ।
सोमबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदान गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया