ओमानद्वारा यूएई पराजित, नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । चार देशीय टी–२० क्रिकेट श्रृंंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गर्यो ।
ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे ।
यस्तै, शोएब खानले ३४ रनको योगदान गरे । यूएईका कासिफ दाउद र बसिल हमिदले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पापएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो । मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए । ओमानका आमिर कलिमले सर्वाधिक ५ विकेट हात पारे ।
प्रतियोगितामा पहिलो जित निकालेको ओमान ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जित निकालेको यूएई ४ अंकसहित शीर्षस्थानमा छ ।
आज नै अन्तिम खेलमा नेपाल र आयरल्याण्ड भिड्दैछन् । आयरल्याण्ड र नेपाल दुबैले एक एक खेल जितेका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया