नेपाल मानव धर्म सेवा समितिलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको गौशालास्थित मानव धर्म सेवा समितिलाई सहयोग प्रदान गरेको छ ।
महालक्ष्मी बिकास बैकको पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा समितिलाई १५५ थान कुर्सी सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानब धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरेको हो ।
उक्त सहयोग ग्रहण गर्दे नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी दिए ।
संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेका महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

















कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया