आइतबार, पुष १३, २०८२

सुनको मूल्य तोलामा एक लाख तीन हजार कायम

मेरोन्यूज २०७८ फागुन २४ गते ११:४०

काठमाडौँ । सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया