धादिङमा गठबन्धन दल कांग्रेस-माओवादीबीच झडप, २० जना घाइते
मेरोन्यूज
२०७९ वैशाख २९ गते ७:२८
धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका ६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा परी २० जनाभन्दा बढी घाइते भएका छन् ।
झडपमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको शरीरमा विभिन्न भागको चोट लागेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चुनावको मौन अवधिमा दुवै पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिँड्दा जम्का भेट भएपछि आक्रमण भएको हो ।
धादिङमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रले पाएको छ । तर, दलहरूले नीलकण्ठ ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।
सम्बन्धित










निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया