शाओमी नेपालको दशैँ ‘दश-मी अफर’

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकका लागि ल्याएको छ, आश्चर्यजनक अफरहरु । एक महिना लामो यो दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि दशमी लक्कीड्रामा प्रत्यक्ष सहभागी भई क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नु हुने छ ।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष दशमी अफर ल्याएको छ । क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले मी को ४एस ६५ूको टीभी, चार जनाले मी को ४३ूको टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बुड ३ लिट, मोसन नाइट लाइट र नेकब्याण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने छन् ।
यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लञ्च भएदेखि नै हामीले हाम्रा मी फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ, यसले हामीलाई हाम्रा उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ, दशैँलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’
यदि, तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा भए दशमी अफरमा भाग लिई थुप्रै उपहार जित्ने मौका पाउने छन् । अफर भाद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुने छ ।
















कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया