शाओमी नेपालको दशैँ ‘दश-मी अफर’

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकका लागि ल्याएको छ, आश्चर्यजनक अफरहरु । एक महिना लामो यो दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि दशमी लक्कीड्रामा प्रत्यक्ष सहभागी भई क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नु हुने छ ।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष दशमी अफर ल्याएको छ । क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले मी को ४एस ६५ूको टीभी, चार जनाले मी को ४३ूको टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बुड ३ लिट, मोसन नाइट लाइट र नेकब्याण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने छन् ।
यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लञ्च भएदेखि नै हामीले हाम्रा मी फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ, यसले हामीलाई हाम्रा उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ, दशैँलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’
यदि, तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा भए दशमी अफरमा भाग लिई थुप्रै उपहार जित्ने मौका पाउने छन् । अफर भाद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुने छ ।















मन्त्रिपरिषद् बैठक जारी
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया