बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

लन्डन । बेलायतको प्रधामन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज (सोमवाबार) घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुदैछ ।
शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरुले मतदान गरिसकेका छन् ।
सो मतदानको परिणाम बेलायती समय अनुसार दिउसो १२ बजे आइसक्ने बताएकोछ । दुई प्रतिष्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ धानमन्त्री नियुक्ति गर्नेछिन् ।
सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए । टोरी सदस्यहरुको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया