भिआइपी सवार हुने भएपछि माइतीघरमा प्रदर्शन गर्न पुगेका ३३ मिटरब्याज पीडित पक्राउ
मेरोन्यूज
२०७९ भदौ २८ गते १७:३८

काठमाडौं । प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह गर्दा पनि नमानेपछि नियन्त्रणमा लिएको हो । ‘हामीले भिआइपी सवार हुने क्षेत्रबाहेक अन्त बस्न भनेका थियौं,’ उनले भने, ‘हामीले उहाँहरूलाई सम्झाइ(बुझाइ गर्दा पनि मान्नुभएन । अनि बाध्य भएर नियन्त्रणमा लिएका हौं ।’
प्रहरीले ती मिटरब्याज पीडितलाई विभिन्न प्रहरी कार्यालयमा राखेको जनाएको छ ।
सम्बन्धित
















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया