पालिकाका प्राविधिकलाई तालिम प्रदान
जुम्ला । जिल्लाका स्थानीय तहका प्रविधिकलाई गृह मन्त्रालयको आयोजनामा ‘कोबोकलेक्ट मोबाइल एप्स’ विषयक अभिमुखीकरण तालिम दिइएको छ ।
उक्त मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखाले विपतमा घर भत्किएमा घटनास्थलबाटै ‘अपलोड’ गर्न सकिने गरी सो एप्सबारे तालिम दिएको हो ।
मन्त्रालयका उपसचिव धु्रवबहादुर खड्का, सूचना प्रविधि अधिकृत यूवराज भण्डारीसहितको टोलीले स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपत् शाखा र विपत् व्यवस्थापन समितिका पदाधिकारीलाई विद्युतीय प्रणालीको एप्स ‘डाउनलोड’देखि तस्बीर र फोटो कसरी ‘अपलोड’ गर्ने विषयमा जानकारी गराएको थियो ।
अधिकृत भण्डारीले योभन्दा पहिला ६७ वटा जिल्लामा भर्चुअल रुपमा तालिम दिइएकामा अब भौतिक रुपमै जिल्ला जिल्लामा जानकारी गराइएको बताए ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यसबाट स्थानीय तहका विपद् शाखादेखि प्रविधिक सम्मलाई निकै राहत पुगेको बताए ।
यसवर्षको विपतमा जुम्लामा दुई हजारभन्दा बढी घर क्षति, दश जनाको मृत्यु र आठवटै स्थानीय तहमा करोडौँका खेती योग्य जमिन क्षति भएको थियो ।
















अजित पवारको विमान दुर्घटनामा निधन, सर्वत्र शोक
यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल
One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
प्रतिक्रिया