पालिकाका प्राविधिकलाई तालिम प्रदान
जुम्ला । जिल्लाका स्थानीय तहका प्रविधिकलाई गृह मन्त्रालयको आयोजनामा ‘कोबोकलेक्ट मोबाइल एप्स’ विषयक अभिमुखीकरण तालिम दिइएको छ ।
उक्त मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखाले विपतमा घर भत्किएमा घटनास्थलबाटै ‘अपलोड’ गर्न सकिने गरी सो एप्सबारे तालिम दिएको हो ।
मन्त्रालयका उपसचिव धु्रवबहादुर खड्का, सूचना प्रविधि अधिकृत यूवराज भण्डारीसहितको टोलीले स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपत् शाखा र विपत् व्यवस्थापन समितिका पदाधिकारीलाई विद्युतीय प्रणालीको एप्स ‘डाउनलोड’देखि तस्बीर र फोटो कसरी ‘अपलोड’ गर्ने विषयमा जानकारी गराएको थियो ।
अधिकृत भण्डारीले योभन्दा पहिला ६७ वटा जिल्लामा भर्चुअल रुपमा तालिम दिइएकामा अब भौतिक रुपमै जिल्ला जिल्लामा जानकारी गराइएको बताए ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यसबाट स्थानीय तहका विपद् शाखादेखि प्रविधिक सम्मलाई निकै राहत पुगेको बताए ।
यसवर्षको विपतमा जुम्लामा दुई हजारभन्दा बढी घर क्षति, दश जनाको मृत्यु र आठवटै स्थानीय तहमा करोडौँका खेती योग्य जमिन क्षति भएको थियो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया