हनी सिंहले खुलाए संगीतबाट ब्रेक लिनुको कारणः आफ्नो रोगबारे बोले- शत्रुलाई पनि नहोस्

भारतका चर्चित र्यापर तथा गायक हनी सिंहको नयाँ एल्बम हनी 3.0 सार्वजनिक भएको छ । 2016 पछि, हनीले एक पटक फेरि कमब्याक गरेका छन्। भर्खरै एक मिडिया अन्तर्वार्तामा हनी सिंहले आफ्नो रोगको बारेमा खुलासा गरे र आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खोलेका थिए। हनीले कसरी आफ्नो रोगले उनलाई निद्रा नलागेको र उनी रक्सीको लत बनेको बताए ।
मिडियासँगको कुराकानीमा हनीले आफूलाई एन्जाइटी र डिप्रेसनजस्ता कुरा कहिल्यै नभएको बताए, जसका कारण उनकाे रोग पत्ता लगाउन २ वर्ष र त्यसपछि उपचारको लागि सही डाक्टर खोज्न तीन वर्ष लागेकाे बताए । संगीतबाट यति लामो ब्रेकको कारण उनको रोग भएको बताए। आफुलाइ बाइपोलर डिसअर्डर (मानसिक रोग) भएकाे उनी बताउँछन् ।
याे राेगको बारेमा कुरा गर्दै हनी सिंहले भने, ‘ बाइपोलर डिसअर्डर यस्तो रोग हो जसका धेरै प्रकारहरू छन्। चिन्ता र डिप्रेसन जस्ता चीजहरू यसको अगाडि केही हाेइनन्। मलाई मानसिक राेगको कोभिड-१९ थियो। यसलाई बाइपोलर डिसअर्डरको साइकोटिक लक्षण भनिन्छ, जुन निकै खतरनाक राेग हो। यो कसैलाई नहोस्, शत्रुलाई पनि नहोस्। म दिनरात मृत्युको प्रार्थना गर्थे ।’















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया