शनिबार, मंसिर ६, २०८२

आरआरआरको रेकर्ड तोड्ने भनिएको पठानले पहिलो दिन विश्वभरबाट कति कमायो ?

मेरोन्यूज २०७९ माघ १२ गते ११:४३

शाहरुख खानको फिल्म ‘पठान’ सिनेमाघरमा रिलिज भएको छ । यो चलचित्रलाई दर्शक लामो समयदेखि पर्खिरहेका थिए । पहिलो दिन फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ ।

फिल्मको अग्रिम बुकिङमा किङ खानका लागि फ्यानहरुमा निकै क्रेज थियो । कीर्तिमानी अग्रिम बुकिङ भएदेखि नै शाहरुखको फिल्मले पहिलो दिन ठुलो प्रदर्शन गर्न सक्ने अनुमान गरिएको थियो । यसैबीच पठानको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ ।

प्रारम्भिक आँकडामा शाहरुखको फिल्मले ५० करोडभन्दा बढीको सङ्कलन गरेको देखिन्छ । भारतिय मिडियाका अनुसार फिल्मले पहिलो दिन नै ५२.५० करोड (सबै भाषामा) को आँकडा पार गरेको छ ।

योसँगै भारतमा करिब ६२ करोडको ग्रस कमाई देखिएको छ । अकुपेन्सीको कुरा गर्दा २५ गते रिलिज भएको पठानले हिन्दी भाषामा मात्र ४५.३७ प्रतिशत ओगटेन्सी दर्ता गरेको छ । जसमध्ये बिहानको तुलनामा रातिको सोमा दर्शकको संख्या बढी थियो ।

तथ्याङ्क अनुसार फिल्मले बुधबार ५२.५० करोडको आँकडा पार गरेको छ । यो कलेक्शनसँगै शाहरुखले आमिर खानको ठग्स अफ हिन्दोस्तानलाई पछाडि पारेका छन् । आमिरको फिल्मले पहिलो दिन ५२.२५ करोडको व्यापार गरेको थियो । यो फिल्मले बाहुबली २ र भारत जस्ता फिल्मलाई पनि ओपनिङकै दिन पछाडी पारेको छ ।

फिल्मले विश्वभरबाट ९४-१०० कराेड सम्म कमाएकाे अनुमान गरिएकाे छ ।

योसँगै पठान शाहरुखको करियरकै सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । यसअघि उनको फिल्म ह्याप्पी न्यू इयरले ४४.९७ करोडको व्यापार गरेको थियो । फिल्मकाे बजेट २५० कराेड रहेकाे छ । याे फिल्म हिट हुन २६० कराेड भन्दा माथीकाे कमाइ गर्नुपर्ने हुन्छ ।

पहिलो दिन पठानले पाएको उत्कृष्ठ प्रतिक्रियाबाट यो चलचित्रले विस्तारित सप्ताहन्तमा धेरै कीर्तिमान बनाउने अनुमान गरिएको छ । अाज गणतन्त्र दिवसको बिदामा यो फिल्मको कलेक्शनमा भारी उछाल देख्न सकिन्छ ।

प्रतिक्रिया