‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न

काठमाडौँ । चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ ।
बीस वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गरेको ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन गरेको ‘वैराग्य’ले दोस्रो र देव तामाङले निर्देशन गरेकोे ‘खोक्रो’ तेस्रो घोषित भएका छन् । उनीहरूले क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरेको निर्णायकमध्येका एक मनोजबाबु पन्तले जानकारी दिए ।
निर्देशक नीरञ्जनराज भेटवाल र छायाँकार उज्जल बस्ताकोटीसहितको निर्णायक मण्डलले प्राप्त पच्चीस छोटा चलचित्रमध्ये छानिएका सातमध्ये विषयवस्तुको छनोट, कथाभन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषाजस्ता पक्षलाई आधार बनाएर विजेता छनोट गरिएको निर्णायक पन्तले बताए ।
यस्तै निराकारभक्त राईले तयार गर्नुभएको ‘द पोयट’ लाई निर्णायकले विशेष पुरस्कार (स्पेसल मेन्सन अवार्ड) प्रदान गरेका थिए । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि प्रतिस्पर्धा आयोजना गरिएको जानकारी दिए ।
उनले भने, “चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले लक्षित प्रतिस्पर्धा गरिरहनेछौँ ।” विजेतालाई एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार प्रदान गरिएको थियो ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया