दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

काठमाडौँ । कर्णालीमा दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुने भएको छ । गत वर्ष सुर्खेतमा गरिएको कार्यशालालाई निरन्तरता दिन लागिएको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।
उनले भने, “प्राकृतिक र भौगोलिक हिसाबले सुन्दर भएकाले पनि कर्णाली रोजाइमा परेको हो । सांस्कृति विविधताले भरिएको हुँदा कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियबजारमा पु¥याउन यस किसिमका कार्यक्रम गरिरहेका छौँ”, अध्यक्ष खड्काले भने ।
पहिला सहभागी विद्यार्थीलाई अझै जानकार बनाउने र नयाँलाई सिकाउने उद्देश्यका साथ आयोजना हुने कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले ‘मास्टर क्लास’, चलचित्र निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी कक्षा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा, अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण, छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाङ्कनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया