दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

काठमाडौँ । कर्णालीमा दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुने भएको छ । गत वर्ष सुर्खेतमा गरिएको कार्यशालालाई निरन्तरता दिन लागिएको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।
उनले भने, “प्राकृतिक र भौगोलिक हिसाबले सुन्दर भएकाले पनि कर्णाली रोजाइमा परेको हो । सांस्कृति विविधताले भरिएको हुँदा कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियबजारमा पु¥याउन यस किसिमका कार्यक्रम गरिरहेका छौँ”, अध्यक्ष खड्काले भने ।
पहिला सहभागी विद्यार्थीलाई अझै जानकार बनाउने र नयाँलाई सिकाउने उद्देश्यका साथ आयोजना हुने कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले ‘मास्टर क्लास’, चलचित्र निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी कक्षा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा, अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण, छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाङ्कनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया