फोहर नगरी आन्दोलन गरेका शिक्षकलाई बालेनले दिए धन्यवाद
मेरोन्यूज
२०८१ चैत १९ गते १९:३६

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् ।
आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले धन्यवाद दिएका हुन् ।
उनले आफूहरूले जरिवाना नखोजेको चेतना खोजेको उल्लेख गर्दै यो शिक्षा विद्यार्थीहरूलाई दिन आग्रह गरेका छन्।
आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन समेत बालेनले अनुरोध गरेका छन् ।
मेयर बालेनले गाउँगाउँमा सिंहदरबार भन्ने त नारामा मात्र सिमित भएको बताउँदै एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपर्ने अवस्था आउनेमा आशा व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया