काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोड्न नदिन सुरक्षाकर्मी तैनाथ
मेरोन्यूज
२०८२ वैशाख ७ गते ११:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरी स्रोतका अनुसार, राप्रपा नेताले निषेधित क्षेत्र तोड्ने चेतावनीसहित प्रदर्शन गर्न लागेपछि उच्च सतर्कताका साथ प्रहरी परिचालन गरिएको हो । अरू बेला उपत्यकामा खटिएको संख्याभन्दा दोब्बर प्रहरी परिचालन गरिएको छ ।
राप्रपाले बिजुली बजारमा भेला भइ निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ। निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिमा राप्रपा छ।
प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघर, नयाँ बानेश्यर, राष्ट्रपति भवन र सिंहदरबारलगायत क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया