स्विजरल्याण्डका राजदूत र लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्रीबीच शिष्टाचार भेट
मेरोन्यूज
२०८२ वैशाख २४ गते १५:३१

दाङ । नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउली र लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास विशेष गरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ।
राजदूत मेउलीले स्विजरल्याण्ड सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको बताइन्। मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।
सम्बन्धित










सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया