बिहीबार, पुष १७, २०८२

रविलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्चबाट सदर

मेरोन्यूज २०८२ पुष १७ गते १९:०९

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले दिएको आदेशविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले सो आदेश सदर गरेको हो।

अदालतले जिल्लाको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै त्यसमा कुनै परिवर्तन गरिरहनु नपर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया