‘न बिर्से तिमीलाई…’ कि गायिका अञ्जुले भनिन् : उही एरेञ्जमेन्टमा नयाँ भर्सन हुनु अन्यायपूर्ण

काठमाडौँ । गायिका अञ्जु पन्तले ‘न बिर्से तिमीलाई, न पाए तिमीलाई’को नयाँ भर्सनबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले नयाँ भर्सनकी गायिका रचना रिमाल आफ्नो छोरी समान भएको बताउँदै पुरानो गायक गायिकाको नाम नराख्नु अन्यायपूर्ण भएको बताएकी छन् ।
‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ, मेरी छोरी समान कि रचना नानुलगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ, र रहिरहने छ’, गायिका पन्तले भनिन्, ‘उही संगीत उही एरेञ्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो ।’
उनले कला क्षेत्रमा हुने यस्तो प्रवृत्तिले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार भुल्न लागिरहेका छैनौँ भन्ने चिन्ता लागेको बताएकी छन् । विदेशमा भएकाले तुरुन्तै प्रतिक्रिया जनाउन नसकेको बताएकी उनले गजलका सर्जक विपिन किरणले नयाँ एरेञ्जमा आफ्नो आवाजमा पुनः रि–रेकर्ड गर्ने उल्लेख गरेकी छन् ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया