बैंकर सिद्धान्त ठकुरी फोनपेको सीईओ नियुक्त

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत (सीईओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।
नवनियुक्त सीईओ ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे । नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्ष भन्दा लामो अनुभव छ ।
ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

















गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया