बैंकर सिद्धान्त ठकुरी फोनपेको सीईओ नियुक्त

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत (सीईओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।
नवनियुक्त सीईओ ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे । नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्ष भन्दा लामो अनुभव छ ।
ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।











ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया