एनसेलले ल्यायो ‘नयाँ अल टाइम डेटा प्याक’ सुविधा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।
साथै ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम सोही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएको छ ।
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १ सय २५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ ।
त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु १४७ मा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५ सय एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउनेछन् ।
यसअघि ग्राहकले यूट्युब प्याकमा सोही मूल्यमा २ जीबी अल टाइम डेटा सुविधा पाउँदै आएका थिए ।
यी डेटा प्याक सुविधा फागुन १७ बाट ग्राहकहरुलाई प्रदान गरिएको एनसेलले जनाएको छ । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।
ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

















तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया