सोमबार, पुष १४, २०८२

एनसेलले ल्यायो ‘नयाँ अल टाइम डेटा प्याक’ सुविधा

मेरोन्यूज २०७८ फागुन १८ गते १६:१६

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।

साथै ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम सोही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १ सय २५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ ।

त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु १४७ मा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५ सय एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउनेछन् ।

यसअघि ग्राहकले यूट्युब प्याकमा सोही मूल्यमा २ जीबी अल टाइम डेटा सुविधा पाउँदै आएका थिए ।

यी डेटा प्याक सुविधा फागुन १७ बाट ग्राहकहरुलाई प्रदान गरिएको एनसेलले जनाएको छ । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

प्रतिक्रिया