मंगलबार, पुष १५, २०८२

नेप्से परिसूचक ५२ अंकले वृद्धि

मेरोन्यूज २०७८ फागुन २६ गते १५:३१

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अंकले बढेको छ । नेप्सेमा बिहीबार दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा वृद्धिसँगै १९८ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् । बिहीबार नेप्से परिसूचक २५६६.७९ अंकमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ ।

लाइफ इन्स्योरेन्स सेक्टरमा २८५ अंक र नन् लाइफ इन्स्योरेन्समा १४९ अंकको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो । बिहीबार कारोबार रकममा सुधार आएको छ ।

कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ । सेयर बजारमा बिहीबार २२९ कम्पनीको कारोबार भएको छ ।

प्रतिक्रिया