राजेश हमालको श्वरमा ‘गाउँले ठिटो’

काठमाडौं । चलचित्र अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलीज भएको छ ।
शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् ।
रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ ।
भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ ।
कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको तर गायन केवल प्रयास मात्रै रहेको बताए ।
कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यङ्गात्मक रुपमा उक्त कुरा भनेको बताए ।
प्रतिक्रिया