सम्पर्क विहिन जहाज अपडेटः
जहाज खोज्ने सेनाको हेलिकप्टर नर्सिङ गुम्बा नजिककैको खोला किनारमा अवतरण
नेपाल टेलिकमबाट पाइटल घिमिरेको मोबाइल ट्रयाकिङ गर्दा उक्त मोबाइल नार्सिङ गुम्बाको आसपासमा रहेको अनुमानमा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरणले सम्पर्कविहीन ९ एन एइटी कलसाइनको तारा एयरको विमान खोज्न उडेको नेपाली सेनाको हेलिकप्टर नर्सिङ गुम्बा नजिककैको खोलाको किनारमा अवतरण गरेको छ ।
प्रतिकुल मौसमका भएपनि सेनाको हेलिकप्टर पहिलो पटक त्यस क्षेत्रमा अवतरण गरको जनाइएको छ। हेलिकप्टर अवतरण गरेर खोजी कार्य गरिरहेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले नेपाली सेनाको हेलिकप्टर १० जना सैनिक र दुई जना प्राधिकरणका कर्मचारीसहित नर्सिङ गुम्बा नजिककैको खोलाको किनारमा अवतरण गराइएको जानकारी दिए।
उनका अनुसार सम्पर्कविहीन जहाजका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलमा रिंगटोन गइरहेको र नेपाल टेलिकमबाट त्यसलाई ट्रयाकिङ गर्दा उक्त मोबाइल नार्सिङ गुम्बाको आसपासमा रहेको अनुमानमा भरमा नेपाली सेनाको हेलिकप्टर त्यही अवतरण गरेको हो।
पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९ एन एइटी कलसाइनको टुइ अटर सम्पर्कविहीन छ। चालक दलसहित २२ यात्रुहरु रहेको उक्त विमान निर्धारित समय अनुसार १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एयर परिचारिका किस्मी थापा छिन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।


















नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यतासाथ अघि बढ्दै नबिल बैंक
रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया