शनिबार, पुष १९, २०८२

प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै पाँच अर्ब बजेट घटाइयो

मेरोन्यूज २०७९ जेठ १५ गते १७:२५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट छुट्याएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट छुट्याएको बताएका गरेका हुन्।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै पाँच अर्बले कम हो। चालु आर्थिक वर्ष यो कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याइएको छ।

यो कार्यक्रममार्फत प्रत्येक वर्ष दुई लाख विपन्न बेरोजगार बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउने सरकारले घोषणा गरेको छ। रोजगार सेवाकेन्द्रमा सूचीकृत विपन्न बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउने घोषणा सरकारले घरेको हो।

यो कार्यक्रम केपी शर्मा ओली नेतृत्वको सरकाले आर्थिक वर्ष २०७५/७६ बाट अघि सारिएको हो।

प्रतिक्रिया