अर्थमन्त्री शर्माले दिए राजीनामा
मेरोन्यूज
२०७९ असार २२ गते १६:३१

काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । सबै छानविनहरुका लागि तयार रहेको बताउँदै उनले राजीनामा दिएका हुन् । बुधबार प्रतिनिधि सभाको वैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधि सभाको वैठकमा बोल्दै छानविन समितिले गर्ने काममा पुर्ण सहयोग गर्ने समेत बताएका छन् । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका शर्मामाथि छानविन गर्न विषेश संसदीय छानबिन समिति बनाईएको थियो ।
आफुमाथि करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको आरोप लागेसँगै उनले राजीनामा दिएका हुन् । राजीनामा दिँदै उनले आवश्यकिय छानविनमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
यो पनि
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया