आइतबार, पुष १३, २०८२

थप ८१४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या पाँच हजार नाघ्यो

मेरोन्यूज २०७९ साउन १७ गते १७:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा आज भने कसैको मृत्‍यु भएको छैन । पछिल्लो केही दिनदेखि कोरोनाबाट संक्रमितको मृत्यु हुँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २९९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।

संक्रमितमध्ये पछिल्लो समय पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया