अनलाइन जुवा खेलाउने गिरोह पक्राउ
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अंग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक ८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक राजु लिम्बू रहेका छन् ।
पक्राउ परेकाका साथबाट प्रहरीले मोबाइल, सिम, ल्यापटप, स्ट्याम्पलगायतका सामग्री बरामद गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरी नेतृत्वको टोलीले अनुसन्धानपछि उक्त समूहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया