आइतबार, माघ ११, २०८२

७७० ग्राम सुनसहित महिला पक्राउ

मेरोन्यूज २०७९ भदौ १० गते २०:१४

काठमाडौँ । दुबईबाट सुन तस्करी गरी ल्याउने महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ८ सुकुलढोका घर भएकी ५६ वर्षीय कविता श्रेष्ठ रहेकी छन् । उनको साथबाट प्रहरीले ७७० ग्राम सुन बरामद गरेको हो ।

फ्लाई दुबईको उडानबाट काठमाडौँ आएकी श्रेष्ठले सुनको पेष्ट बनाएर स्ल्याक्सभित्र डाइपरमा लुकाएर ल्याएकी थिइन् । थप अनुसन्धानका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया