चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनमा सेना परिचालनको लागि बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरेपछि सेना परिचालनको औपचारिक बाटो खुलेको हो ।
भण्डारीले आइतबार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।
‘राष्ट्रिय सुरक्षा परिषदको मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९ भदौ २७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस विज्ञेप्ती

चुनावमा कति परिचालन हुँदैछन सुरक्षाकर्मी ?
सरकारले मंसिरमा हुने निर्वाचन सुरक्षामा करिब २ लाख ९० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । नेपाल प्रहरीका ७२ हजार, नेपाली सेना ७० हजार, सशस्त्र प्रहरी बलका ३० हजार सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धान विभागका २ हजार कर्मचारी चुनावी सुरक्षामा खटिनेछन्। त्यस्तै १ लाख १५ हजार म्यादी प्रहरी परिचालित हुनेछन्।
















कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया