सोमबार, माघ १२, २०८२

लागू औषधसहित धनगढीबाट तीन जना पक्राउ

मेरोन्यूज २०७९ असोज ११ गते १८:२६

काठमाडौँ । लागू औषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगर २ सन्तोषी टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोमबार साँझ सडकबाटै अवैध लागू औषध (चरेश जस्तो देखिने पदार्थ)सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन् । उनीहरूको साथबाट ७५० ग्राम लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया