आफ्नै आमा र काकाको हत्या गर्ने २३ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७९ असोज १६ गते १०:४३

झापा । कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् ।
शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुर लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।
पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित
















कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया