यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार घोषणा
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ ।
भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको विवरणानुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ ।
यसैगरी एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।
भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति गठन गरेको थियो ।
आगामी पुस ९ गते शनिबार राजधानीको गोकर्णेश्वर ५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले राससलाई जानकारी दिए । गुठीले प्रत्येक वर्ष अर्यालका नाममा स्थापित यी पुरस्कार प्रदान गर्दै आएको छ ।









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया