बैतडीमा शिक्षकको हत्या अभियोगमा श्रीमान श्रीमती सार्वजनिक

काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ स्थित श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई सार्वजनिक गरेको हो ।
कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान श्रीमती हुन् । गत पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विमलालाई अभद्र व्यवहार गरेको झोँकमा श्रीमानले शिक्षकलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला शौचालय जान्छु भनेर निस्केकी र ढिलो गर्दा प्रजाले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजाले शिक्षकलाई मुक्का हानेर ढलाए, त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’
प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एक जनाले खुट्टा र अर्काले टाउकोतर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवै जना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ ।
अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । शिक्षक बिष्टको शव पुस २ गते दिउँसो १ बजे फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया