माघ ९ र १० गते पर्सामा बालबालिकालाई फाइजर खोप दिइने
मेरोन्यूज
२०७९ माघ ३ गते २०:४१

काठमाडौँ । पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ ।
जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड १९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँग समन्वय गर्ने निर्णय गरेको छ ।
पालिकाका विद्यालयहरूमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया