शाहरुख खानका फ्यान जसले गरे ‘पठान’ हेर्न पूरा थिएटर बुक

बलिउडका किंग खान अर्थात् शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर चर्चामा छन् । उनले यो फिल्मको प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् ।
पठान मार्फत शाहरुख खान चार वर्षको अन्तरालपछि ठूलो पर्दामा फर्कदैछन् जसका कारण पनि यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित भएका छन् । यति मात्र होइन, पठानको अग्रिम बुकिङ जनवरी २० बाट सुरु हुने थिय, तर हिजोदेखि नै सुरु गरिएकाे छ । फ्यानहरूले आफ्ना मनपर्ने हिरोलाई लिएर निकै क्रेज देखिइरहेका छन् ।
एक फ्यानले शाहरुख खानको फिल्म हेर्न पूरा थिएटर बुक गरिसकेका छन् । शाहरुख खानका यि फ्यान मुम्बईमा बस्छन् र उनले मुम्बईको गेटी ग्यालेक्सी थिएटर बिहान ९ बजेका लागि बुक गरेका छन् । यस थिएटरको विशेष कुरा यो हो कि फिल्म जुनसुकै होस्, तर यहाँ पहिलो शो १२ बजे सुरु हुन्छ, तर यस पटक थिएटरले शाहरुख खानको फिल्मको लागि आफ्नो यस नियममा परिवर्तन गरेको छ ।
पहिलो शो कति बजे हुने भन्नेबारेमा अहिलेसम्म ठोस जानकारी नदिइए पनि फ्यानले शुक्रबार १२ बजेअघि नै शो सुरु गर्न माग गरेको फिल्मका कार्यकारी निर्देशक मनोज देसाई बताउँछन् । उनका अनुसार फ्यान क्लबले पहिलो शोका लागि थिएटर बुक गरिसकेका छन् ।
पठान जनवरी २५ मा रिलिज हुँदैछ ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया