क्रिकेटर शेख दाजुभाइलाई गृह नगरको भव्य स्वागत

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिफ शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ ।
हालै सम्पन्न आइसिसी विश्वकप लिग २ मा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरी आज गृहनगर फर्किएका शेख दाजुभाइलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका हुन् ।
महानगरकै परिसरमा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन शेख दाजुभाइले विशेष भूमिका निर्वाह गरेकाले उनीहरूलाई यही चैत १७ गते वीरगञ्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरिएको छ ।
सोही समारोहमा दुवै दाजुभाइ महानगरले एक÷एक थान यामहा एफ जेड एफ आई मोटरसाइकल पनि प्रदान गर्ने नगरप्रमुख सिंहले बताए । दुवै खेलाडीले नेपालको नाम अझ उचाइमा पुर्याएर वीरगञ्ज महानगरको नाम पनि उँचो बनाएको बताउँदै नगरप्रमुख सिंहले दुवै खेलाडी राष्ट्रकै गहना भएकाले थप हौसला बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिपले महानगरको यो सम्मानले आफूहरुलाई अझ हौसला थपिदिएको प्रतिक्रिया दिए । “गृहनगरमै यति भव्य सम्मान पाउँदा खुसीले मन गद्गद भएको छ”, आरिफले भने, “आउने दिनमा देशको नाम रोशन गर्न अझ हौसला थपिदिएको छ ।”
कार्यक्रममा शेखद्वयका बुबा शेख सलामले आफ्ना यी दुवै छोराले देशको नाम उचाइमा पुर्याउँदा आफू पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । सम्मान कार्यक्रममा वीरगञ्ज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरू बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, सुरेश गुप्ता, जगत साह कानु लगायतको सहभागिता थियो ।















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया