यू–१९ विश्वकप
न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

काठमाडौं । शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको हो ।
न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डी एक्लैले १ सय ४७ रन बनाए। अविजित रहेका रेड्डीले चौथो विकेटका लागि कप्तान ओस्कर ज्याक्सनसँग १ सय ५७ रनको साझेदारी गरेका थिए। ज्याक्सनले ७५ रन जोडे।
ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए।
ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए।
नेपालका गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले समान १/१ विकेट लिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया