अल्लु अर्जुनको नयाँ फिल्मको टिजर सार्वजनिक

काठमाडौं । दक्षिण भारतका चर्चित अभिनेता अल्लु अर्जुनको नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ ।
फिल्म ’पुष्पराज’ मा उनको नयाँ लुक्स देखेर धेरै फ्यानहरू दंग परेका छन् । फिल्म पुष्पराजको निर्देशन र लेखन सुकुमारले गरेका हुन् । यस फिल्मका निर्माता नवीन यरनेनी र वाइ रवि शंकरले गरेका हुन् । फिल्ममा अल्लु अर्जुन दाह्रीजुँगा पालेका ’रफ एन्ड टफ’ लुक्समा देखिएका छन् ।
अल्लुलाई नयाँ लुक्समा देखेर फ्यानहरूले ट्विटरमा ट्रेन्ड पनि सुरू गरेका छन्न् । अप्रिल ७, बुधबार पुष्पराजको टिजर सार्वजनिक भएको हो भने अप्रिल ८, बिहीबार उनको जन्मदिन । नयाँ फिल्मको टिजर सार्वजनिक र जन्मदिन सँगसँगै परेपछि अल्लु अर्जुनलाई बधाइ दिनेको ओइरो लागेको छ ।
फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डनाको पनि अभिनय छ । यो फिल्म यही वर्ष अगस्ट १३ मा विभिन्न पाँच भाषाः हिन्दी, तेलगु, तमिल, मलयम र कन्नड भाषामा सार्वजनिक हुनेछ ।
















सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया