हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

हेटौंडा । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले वागमती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ ।
प्रदेश सरकारको मातहत रहेको हेटौंडास्थित हेटौंडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो ।
सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।
ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।
आइसोलेसन कक्ष पुनः सञ्चालन
हेटौंडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ ।
आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
ललितपुरस्थित युएन पार्क नजिक स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै विराटनगर
प्रतिक्रिया