केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विभिन्न चरणमा आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीले निर्णय गर्ने बेलामा गल्ती गरेको बताएका हुन् ।
‘म १३औँ महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ । १४औँमा पनि भएँ । १४औँमा डा. शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो । हालेकै हो । २०६८ सालदेखि शीर्ष नेताले विश्राम लिनुपर्छ भनेको रहेछु । २०७८ मा आइपुग्दा शेखर दाइलाई सभापति बनाउन खोजेको थिए, सकिनँ । योबीचमा केही गलत भयो कि भन्ने लाग्छ,’ उनले भने, ‘जसलाई फेर्नुपर्छ भनिस्, त्यसैसँग काम गरिस् भन्नुभएको छ । अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ । मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिनँ ।’
उनले गएको स्थानीय तहको चुनावको टिकट वितरणको उदाहरण पनि दिए।
‘एक स्थानीय तहको टिकटको वितरण गर्न सभापतिले बोलाउनुभयो। मैले भनेँ- यो स्थानीय तहको विषयमा यो पात्रलाई उम्मेदवार बनाउँदा ठूलो मूल्य चुकाउनुपर्छ। सभापतिले हुँदैन, मिल्दैन मैले उम्मेदवार हो भनिसकेँ भन्नुभयो,’ उनले भने, ‘यसपछि पनि मैले गल्ती गरेकै हो। मैले विरोध गरेँ अब सभापतिले भन्नुभयो भनेर बसेँ। म हुँदैन भनेर बस्नुपर्नेथ्यो।’
नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धनबारे पनि उनले भने। ‘माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरो केही सैद्धान्तिक आधारहरू छन्। यसमा पनि मैले त गल्ती गरेकै हो। कि मैले निर्णय गराउनुपर्थ्यो। कि चुनाव नलड्नुपर्नेथ्यो। गल्ती गरेकै हो,’ उनले भने, ‘

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया