केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विभिन्न चरणमा आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीले निर्णय गर्ने बेलामा गल्ती गरेको बताएका हुन् ।
‘म १३औँ महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ । १४औँमा पनि भएँ । १४औँमा डा. शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो । हालेकै हो । २०६८ सालदेखि शीर्ष नेताले विश्राम लिनुपर्छ भनेको रहेछु । २०७८ मा आइपुग्दा शेखर दाइलाई सभापति बनाउन खोजेको थिए, सकिनँ । योबीचमा केही गलत भयो कि भन्ने लाग्छ,’ उनले भने, ‘जसलाई फेर्नुपर्छ भनिस्, त्यसैसँग काम गरिस् भन्नुभएको छ । अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ । मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिनँ ।’
उनले गएको स्थानीय तहको चुनावको टिकट वितरणको उदाहरण पनि दिए।
‘एक स्थानीय तहको टिकटको वितरण गर्न सभापतिले बोलाउनुभयो। मैले भनेँ- यो स्थानीय तहको विषयमा यो पात्रलाई उम्मेदवार बनाउँदा ठूलो मूल्य चुकाउनुपर्छ। सभापतिले हुँदैन, मिल्दैन मैले उम्मेदवार हो भनिसकेँ भन्नुभयो,’ उनले भने, ‘यसपछि पनि मैले गल्ती गरेकै हो। मैले विरोध गरेँ अब सभापतिले भन्नुभयो भनेर बसेँ। म हुँदैन भनेर बस्नुपर्नेथ्यो।’
नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धनबारे पनि उनले भने। ‘माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरो केही सैद्धान्तिक आधारहरू छन्। यसमा पनि मैले त गल्ती गरेकै हो। कि मैले निर्णय गराउनुपर्थ्यो। कि चुनाव नलड्नुपर्नेथ्यो। गल्ती गरेकै हो,’ उनले भने, ‘










बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
जनकपुर बोल्टसले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया