रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवी बोपराले लगातार तीन अर्धशतक जोडेका छन् ।
बोपराले तेस्रो अर्धशतक विराटनगर किङ्ग्सका विरूद्ध पूरा गरेका हुन् । उनले २९ बलमा ३ छक्का र दुई चौकाको मद्दतमा ५० रन पार गरे । ३८ बल खेलेका बोपरा चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडेर आउट भए ।
यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सका विरूद्ध पनि अर्धशतक जोडेका थिए । योसँगै बोपरा जारी एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडीसमेत बनेका हुन् ।
त्यसैगरी पोखरा एभेञ्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक जोडेका छन् । भुर्तेल, बोपरासँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्ग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक जोड्नेको सूचीमा छन् ।
कर्णालीका मार्क वाटमात्रै जारी प्रतियोगितामा हालसम्म शतक हिर्काउने खेलाडी हुन् ।









दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया