इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?

अमेरिकासँगको वार्ताका क्रममा इरानले प्रस्तुत गरेकाे १० बुँदे योजना निकै रणनीतीक र कुटनीतिक रहेकाे देखिन्छन् ।
इरानले प्रस्तुत गरेकाे १० बुँदे योजनामा इरानको सैन्य समन्वयमा हर्मुज जलमार्गबाट नियन्त्रणयुक्त आवतजावत लागू गर्ने र उसलाई विशेष आर्थिक–भूराजनीतिक लाभ दिने उल्लेख छ ।
त्यस्तै हर्मुज जलमार्गमा सुरक्षित ट्रान्जिट प्रोटोकल स्थापना गर्ने, जसले इरानको “प्रभुत्व” सुनिश्चित गर्ने, युद्धमा इरानले भोगेका क्षतिहरूको पूर्ण क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने उल्लेख छ ।
एक्सीस अफ रेसिस्टेन्स अर्थात हिजबुल्ला, हुती, हमासजस्ता इरान समर्थित सबै समूहहरूमाथि भइरहेको युद्ध अन्त्य गर्नुपर्ने, खाडीमा रहेका सबै अमेरिकी सैन्य अड्डा र तैनाथी बिन्दुहरूबाट अमेरिकी लडाकु फौज फिर्ता हुनुपर्नेजस्ता कडा माग इरानले १० बुँदेमा राखेको छ ।
इरान विरुद्धका सबै प्राथमिक र द्वितीयक प्रतिबन्धहरू तथा अन्तर्राष्ट्रिय प्रतिबन्धरप्रस्तावहरू हटाउनुपर्ने, विदेशमा रोक्का राखिएका सबै इरानी सम्पत्ति र धन फिर्ता गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
यी सबै सहमतिहरूलाई बाध्यकारी प्रस्तावमार्फत औपचारिक रूपमा अनुमोदन गर्नुपर्ने इरानको प्रस्ताव छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युद्वविराम सम्झौतापछि जारी गरेको विज्ञप्तीमा इरानको १० बुँदे मागहरुमा केन्द्रीत रहेर वार्ता हुने स्विकार गर्नुले यस सम्झौतामा इरान माथी परेको व्याख्याको रुपमा हेरिएको छ ।
अर्काेतर्फ आणविक हतियार सम्बन्धी विषय १० बुँदे सम्झौतामा नराखिनुले इरानले यो विषयमा केही सम्झौताको बाटो अवलम्बन गर्न लागिएको आशंका गरिएकाे छ ।
















देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया