बेनी-दरबाङ सडकको पहिरो खोल्न सिडिओ आफै कस्सिए

म्याग्दी । म्याग्दीको बेनी-दरबाङ सडकको खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफैँले श्रमदान गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, नेपाली सेनाको अर्थुङ्गे गुल्मका सेनानी र सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङको नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए ।
प्रशासक र सुरक्षाकर्मीसँगै तातोपानी र बाबियाचौरका जनप्रतिनिधि र सर्वसाधारण पनि श्रमदानमा सहभागी भएका थिए । नेपाल प्रहरीका २२, नेपाली सेनाका १४ र सशस्त्र प्रहरीका १३ सहित स्थानीयवासीले पहिरोले भत्काएको ठाउँमा ग्यावियन पर्खाल बनाउन श्रमदान गरेका हुन् ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी-दरवाङ सडक आयोजनाको ठेकेदार लामा-समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो । मङ्गला-२ सिमको पहिरोमा पनि फापरखेतमा जस्तै सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरेका हुन् । पूर्वाधार विकास कार्यालयले एउटा स्काभेटर परिचालन गरेको छ ।
फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनीदेखि सिमसम्म हलुका सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको प्रनाउ राईले जानकारी दिए ।














‘Rhino Cruise’ coming into operation from Gaindakot
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया