छानबिन समितिको प्रतिवेदनलाई लिएर सरकार अघि बढ्छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जयसिंह धामी बेपत्ताको घटनामा सरकारद्वारा गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनअनुसार हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु, यसमा सरकारले छानबिन समिति बनाएको छ, समितिले घटनास्थलमै पुगेरै छानविन गर्ने छ,’ गृहमन्त्री खाँणले भने, ‘तुइन तर्न सफल भएका चार जनासँग समितिले सोधपुछ गरेको छ, उहाँहरूको जानकारीलाई छानबिन समितिले मूल आधार बनाउने हो ।’
बैठकमा बोल्दै उनले छानबिन समितिको निष्कर्षलाई आधार बनाए दृढताका साथ सरकार अघि बढ्ने बताउँदै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल दायित्व भएको बताए । संसद बैठकमा विशेष समय लिएर बोलेका उनले बेपत्ता धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको जानकारी दिए ।
घटनाको सत्यतथ्य लुकाएको भन्दै एमाले सांसदले विरोध जनाएका थिए ।
जयसिंह धामीको घटनामा सरकार भारतसँग लड्छ कि लड्दैन ? : गगन थापा

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया