तालिवानले भन्यो : विमानस्थलमा विदेशीको अपहरण हल्ला मात्र

काठमाडौँ । काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिवानका एक अधिकारीले खण्डन गरेका छन् ।
काबुलको विमानस्थलमा अझै अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणकबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।
“अपहरणबारे रिपोर्ट एउटा हल्ला हो, तालिवान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,” तालिवानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए ।
उनले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरेलगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् ।
शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ ।
एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मचिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिवानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।















लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया