बैँकबाट ४ दिनमा झण्डै १४ अर्ब ऋण निकासा

काठमाडौँ । नेपालमा रहेका २७ वटा वाणिज्य बैँकहरूले भदौ १ गतेदेखि ४ गतेसम्म १३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैँकर्स संघले बैंकहरूको ऋणको जानकारी संकलन गरेको जनाएको छ ।
चालू आर्थिक वर्षको सुरुमै बैँकको लगानी उद्योग तथा व्यावसायिक क्षेत्रमा लगानी बढेको संघले जनाएको छ । संघले जारी गरेको वित्तीय विवरणअनुसार साउन ३० देखि भदौ ४ सम्मको अवधिमा २२ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
साउन २९ सम्म कुल ३७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा साउन मसान्तमा बढेर ३७ खर्ब ६३ अर्ब ८३ करोड रुपैयााँ पुगेको थियो । ४ दिनमा कर्जा अझ विस्तार भएर ३७ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको जानकारीमा उल्लेख छ ।
वाणिज्य बैंकमा रहेको निक्षेप ६ अर्ब ६० करोडले घटेको छ । भदौको ४ दिनमा कुल संकलित निक्षेप घटेर ४१ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँमा झरेको संघको दाबी छ । आर्थिक वर्ष २०७७–०७८ एक वर्ष अवधि अर्थात् साउनसम्ममा बैँक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई ४६ खर्ब ६२ अर्ब ७३ करोड पुगेको छ ।
अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई ३८ खर्ब ३९ अर्ब ७३ करोड रहेको थियो ।
आर्थिक वर्ष २०७७–०७८ मा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले वृद्धि भई ४० खर्ब ४ अर्ब ८१ करोड पुगेको संघको तत्थ्यांकमा जानकारी रहेको छ ।
अघिल्लो वर्ष यस्तो कर्जा १२.० प्रतिशतले बढेर ३२ खर्ब ९ अर्ब ७९ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा ३ खर्ब ५२ अर्ब ३७ करोड रहेकोमा २०७ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ९० अर्ब ४३ करोड पुगेको छ ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत, विकास बैँकको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२ प्रतिशत रहेको छ ।

















अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
जुम्लामा ९२५ जना अस्थायी मतदाता
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
प्रतिक्रिया