धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि

कैलाली । कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा गत आवमा २० करोड ६० हजार दुई सय ४६ आम्दानी भएको जनाइएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट चार करोड आठ लाख २० हजार ६ सय ५९, घरबहाल करबाट तीन करोड १७ लाख १६ हजार पाँच सय, बहालबिरौटी करबाट नौ लाख ७६ हजार, सवारीसाधन करबाट चार लाख ९७ हजार सात सय पाँच र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट एक करोड ६८ लाख ८७ हजार तीन सय ३५ आम्दानी गरेको बताए ।
त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट ८३ लाख १७ हजार नौ सय ४४, अन्य सेवा शुल्क तथा बिक्रीबाट २३ लाख ८० हजार पाँच सय ९८, शिक्षा क्षेत्रबाट आठ लाख ४६ हजार चार सय, पार्किङ शुल्कबाट २० लाख ५६ हजार नौ सय ६० यथार्थ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिए ।
उपमहानगरपालिकाले नक्सापास दस्तुरबाट तीन करोड ४९ लाख ७७ हजार ६ सय ३४, सिफारिस दस्तुरबाट एक करोड ५३ लाख ५७ हजार ६ सय ४६, व्यक्तिगत घटना दर्ताबाट ६ लाख ४८ हजार सात सय २५, नाता प्रमाणित दस्तुरबाट दुई लाख २८ हजार एक सय, अन्य दस्तुरबाट रु एक लाख, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ६१ लाख पाँच हजार सात सय ८७, अन्य राजस्वबाट तीन करोड ७६ लाख ४३ हजार दुई सय आठ र बेरुजु असुलबाट चार लाख ९९ हजार ४४ आम्दानी गरेको जनाइएको छ ।
गत आव ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा आव ०७६/७७ को तुलनामा ०७७/७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया