दीक्षान्त प्रकाशनद्वारा डेढ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण

काठमाडौँ । दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङ जिल्लास्थित एउटा विद्यालयलाई डेढ लाखभन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।
१४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो ।विद्यालयलाई एक कार्यक्रमका बीच प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्याल शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।
‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ पुस्तकालय दिवसका अवसरमा आफूहरूले सार्वजनिक पुस्तकालाय समुदायस्तरमा पुगोस् भन्ने चाहेको दीक्षान्त प्रकाशनका व्यवस्थापक महेश शर्माले बताए ।

हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालले गरेका थिए भने कार्यक्रममा विव्यस सदस्य तथा प्रधानाध्यापक तथा विद्यालयका शिक्षकहरूसमेत उपस्थित रहेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले पुस्तकको महत्वमाथि प्रकाश पार्दै हस्तान्तरित सामग्रीले पुस्तकालय स्थापनामा सहयोग पुग्ने बताए । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले सामाग्री वितरण गरेकोमा दीक्षान्त प्रकाशनलाई आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि महेश शर्माले सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको तथा आगामी दिनमा यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशनले विद्यालयलाई १ लाख ६८ हजार बराबरको पुस्तक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा शब्दकोश, सामान्य ज्ञान, विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न साहित्यिक कृतिहरू, शिक्षा तथा अन्य विभिन्न क्षेत्रका ऐन नियम तथा संविधान र विभिन्न स्टेसनरीहरू रहेको दीक्षान्त पुस्तक प्रकाशनकी वितरक शर्माले बताइन् ।













आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया