भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् ।
आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता हुने कार्यक्रम छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बीच बलियो बनाउने उपायहरुका बारेमा छलफल हुनेछ ।
मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री मोदीकोे सेप्टेम्बर २२–२५ सम्मको अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नेछन् । प्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिनेछन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया