सोमबार, जेठ ५, २०८२

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

मेरोन्यूज २०७८ असोज ६ गते १८:३१

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् ।

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता हुने कार्यक्रम छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बीच बलियो बनाउने उपायहरुका बारेमा छलफल हुनेछ ।

मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री मोदीकोे सेप्टेम्बर २२–२५ सम्मको अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नेछन् । प्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिनेछन् ।

प्रतिक्रिया