साफ च्याम्पियनसीप : भारत र श्रीलंका बराबरीमा रोकिँयो, नेपाल थप बलियो स्थितिमा
मेरोन्यूज
२०७८ असोज २१ गते २०:२१

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसीप आजको खेलमा भारत र श्रीलंकाले अंक बाँडेका छन् । दुवै टिमले गोल गर्न नसकेपछि ०-० को नतिजा निकाल्दै अंक बाँडेको हो ।
आजको खेलमा दुवै टिमलाई जितको आवश्यक रहेको थियो । तर, गोल गर्न नसकेपछि अंक बाँड्ने अवस्थामा पुगेको हो ।
श्रीलंका यसअघिका दुवै खेलमा पराजीत भइसकेको छ । आजको खेलमा बराबरी रोकिएसँगै उसको फाइनल यात्रा सकिने भएको छ ।
यस्तै, भारतका लागि जित आवश्यक रहेको खेल बराबरीमा रोकिएसँगै अंक तालिकामा भारत कमजोर बन्न पुगेको छ । यसअघि बंगलादेशसँग पनि भारतले बराबरी नतिजा निकालेको थियो । आजको खेल बराबरीमा रोकिएसँगै ७ पटकको च्याम्पियन बनेको उसको फाइनल यात्रा कठिन बनेको छ ।
यता आजको नतिजा नेपाललाई अनुकूल बन्न पुगेको छ । दुई खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल फाइनलको बलियो दाबेदार बनेको छ ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया